Wednesday, 4 December 2024

I am a taxi-driver.

I am a taxi-driver

I am the boss of my office

I can go wherever

I decide to go

I can even sleep on my office 

When there is free time.

 

There is nobody to control me

I can control myself

I can control my taxi

I can control my life.

If I do not like to work

I need not plead 

For a day leave.

 

Far from the village

I’d been in this city

In search of my future

I sold goods at their store

I washed plates at their café

Finally, one day, I got

A taxi on my hand

As a destiny of my life

I know that,

Not all the roads are safe

Not all the days

Have fair weather

I enjoy driving

Crossing the humps.

 

 

I talk to many people,

The patient who has just been

Discharged from hospital

The body-builder who is in hurry

To reach the fitness club

I talk to their children

I smile to their parents

I can share my ride,

To anybody else

Whoever is ready

To accompany my travel.

 

I learned my ABC

When I sat on the driver’s seat

A for Accelerator

B for Brakes

C for Clutch

In this way- 

My first day class was over.

Being a student 

At the University of Life

I learned how to navigate the maps

How to explore the roads and houses

How to deal with the people

I learned their culture 

I learned their language.

 

A new beginning of life 

I experienced when

I stared ridesharing in the city.

I am a taxi-driver

I am the boss of my office

I can go wherever 

I decide to go,

Excuse me, gentleman

Do you need a taxi?

Thursday, 12 September 2024

म एक भ्युटावर

डाँडाको टुप्पामा उभिएको

म एउटा भ्युटावर

दिनभरि कोही नआएपछि

पर्यटक मेरो खोजीमा

रातीराती आकाशतिर हेर्दै

म जूनलाई सोध्छु

म यो धरतीमा रहनु र

त्यो जूनमा विलिन हुनुमा 

के ने अन्तर रह्यो र?


जीवनमा उचाई

कम भयो भनौं भने

डाँडाको टुप्पमा उभिएको छु म

मेरो शीरमा छ नीलो आकाश

नीलो आकाशसँगै देख्छु

बादलका कणहरु 

जो पानी बनेर केही बेरमै

झर्छन, र बग्छन तादी खोलामा।

म भने केवल देख्छु

रातीराती आकाशका ताराहरु।


तल कतै सुसेल्दै

बगिरहेको छ तादी खोला

समुन्द्र पुग्ने लक्ष्य लिएर

म चुपचाप उभिरहेको छु

मध्यान्हको चर्को घाममा

कोही आउँछ कि मेरो काखमा

लुटुपुटु खेल्न भनेर।


डाँडाको टुप्पामा उभिएको

म एउटा भ्युटावर

म हुनु र नहुनुबीच 

के नै फरक छ?

मलाई नै थाहा छैन

सायद त्यो जूनलाई थाहा छ

तारालाई थाहा छ

तल कतै सुसेल्दै बगिरहेको

तादी खोलालाई थाहा छ।

Wednesday, 8 May 2024

फुटपाथको बकपत्र


 म फुटपाथ हुँ
मलाई टेकेर धेरै यात्रुहरु 
गन्तब्यमा पुगिसके
अझै कति मैमाथि टहलिरहेछन।


सडकका दुई किनारमा
बर्षौंदेखि लमतन्न सुतिरहेको छु
मैमाथी प्रदर्शन भईरहेछन
थरिथरिका झाँकीहरु।


देख्छु बीच सडकमा कुदेका
चिल्ला कारहरु
धुवाँ पुत्याउँदै सकी नसकी
गुडीरहका थोत्रा बसहरु
बत्तीको पुतली झैं
बत्तिरहेका मोटरसाइकलहरु।


पोहोर साल भव्य सम्मेलन 
यतै भएको थियो क्यार
कुनै राजनीतिक दलको
यसपाली पनि यतै बस्यो
सभा सहकारी पीडितको
बार्गेनिङ् यतै चल्यो
रथयात्रा यतै ढल्यो।


खोई कसैलाई किन भएन
महानगरको कारबाही?
मेरै काखमा लुटपुटिएर 
विहान बेलुका निर्दोष
केटाकेटीको मुखमा 
माड हाल्न ठेला ठेल्ने
ठूलीको पो उठीबास भयो रे।


फुटपाथ हुँ।
मलाई केही थाहा छैन।
तर सबै घटना परिघटनाको
साक्षी बसेको छु।


Saturday, 1 October 2022

दी अल्ट्रा मोडर्न म्यान


अल्ट्रा मोडर्न म्यान
झ्याल खोलेर बाहिर हेर्न सक्दैन
बरु झ्याल बन्द गरेर
सोफामा ढल्किएर
सोध्छ गू-गर्लसँग
बाहिरको मौसम कस्तो छ?

अल्ट्रा मोडर्न म्यान
पकाउन जान्दैन आफैंले
एक छाक रोटी र अचार
मोबाइल खोलेर मगाउँछ
अनलाइन फुड डेलिभरिसँग
म:म, चाउमिन र पिज्जा।

अल्ट्रा मोडर्न म्यान
पाँच तले घरको भर्‍याङ
उक्लन अल्छी गर्छ
लिफ्ट चढेर छतमा जान्छ
अनि घन्टौं ट्रेडमिल चलाउँछ
झर्दा फेरि लिफ्टमै झर्छ।

अल्ट्रा मोडर्न म्यान
बजाउन जान्दैन आफैंले 
मादल र बाँसुरी
अर्कैले गाएको गीतमा
अर्कैको ताल र लयमा
आफ्नो अनुहार देखाउँछ
र भन्छ यो 'टिकटक'
मैले बनाएको हो।

अल्ट्रा मोडर्न म्यान
लाश बोक्न जाँदैन
छिमेकी मर्दा पनि
फेसबुकमा लेखेर बस्छ
रेष्ट इन पिस (RIP) ।



Wednesday, 20 July 2022

हार जीत

 


जीवनको यो लामो दौडमा 

कस्ले जीत्यो? कस्ले हार्‍यो?

यो गोलो गोलो पृथ्वीको

कुन चाँहि भाग केन्द्र हो?


यहाँ दौडेर अगाडी पुग्नेहरु

पछाडी फर्केर हेर्दा मात्रै

अगाडी जस्तो देखिन्छन्।

अगाडी हेर्दा त सबै

पछाडी नै कुदिरहेछन्।

पछाडी पर्नेहरुले कुनै दिन

यदि दौडको दिशा बदले भने

फेरि ती अगाडी पुग्नेछन्।

यो परिधिको म्याराथनमा

कस्ले जीत्यो? कस्ले हार्यो?

यो गोलो गोलो पृथ्वीको

कुन चाँहि भाग केन्द्र हो?


गूँड छोडेर सबेरै कुन चरो 

सबैभन्दा टाढा उड्यो?

गुँड सम्झेर साँझमा

को टुप्लुक्क आईपुग्यो? 

पसीना बगाएर अनन्त

कस्ले मीठो खायो?

दु:ख सुख गरेर

गाउँमा को रमायो?


मागेर, ठगेर, धम्काएर

कस्ले अकूत कमायो?

मेहनत गरेर चार पैसा

फेरि कस्ले समायो?

बाँझो जमिनमा दुई पाथी

अन्न कस्ले फलायो?

नहुनेलाई खाऊ भनेर 

कुन हुनेले खुवायो?


जीवनको यो लामो दौडमा

कस्ले जीत्यो? कस्ले हार्‍यो?

यो गोलो गोलो पृथ्वीको

कुन चाँहि भाग केन्द्र हो?



Thursday, 14 April 2022

एक श्रमिकको आत्मकथा


बोकेर भारी पिठ्युमा

हिंडिरहेछु निरन्तर

जिन्दगीको उकालो

गन्तब्य कहाँसम्म हो?

खोई, थाहा छैन।


कस्को भारी हो यो?

के छ सामान यो बोराभित्र?

कति मूल्य हो यस्को?

नाफा घाटा के हो?

क्रय विक्रयमा

मलाई केही थाहा छैन।



प्रतिबन्धित वस्तु केही भए

यस बोराभित्र

पुलिसले मलाई नै पक्रनेछ

बेचेर यो महंगोमा

नाफा हुने भए

साहूलाई नै हुनेछ

मैले त खालि उठाउनुछ

यसको तौल

र भूगोलको एउटा कुनाबाट

अर्को कुनासम्म लैजानुछ।


बोरा बोक्दा

मेरा खुट्टाहरु गलेबापत

नाम्लोले मेरो

शीरमा डसेबापत

मेरो पिठ्युले सकीनसकी

बोराको भार थामेबापत

मैले पाउनुछ भरे

केही सय रुपैंया

जसले मैले किन्नुछ

मेरा छोराछोरीको लागि

एक दर्जन कापी

श्रीमतीको लागि

एक ज़ोर चप्पल

र बा आमाको लागि

केही पत्ता औषधी।


हो, म श्रमिक हुँ

मैले बिरामी भएँ

भन्न पाउँदिन

म आज आराम गर्छु

भन्न पाउँदिन

अरु त अरु मैले

मैले विश्व श्रमिक दिवसमा पनि

दिनभरि भारी नबोकी 

बेलुकी हातमुख जोर्न पाउँदिन।

__ __ __ __ __


(तपाई जस्तो 

भाग्यमानी होइन हजुर

जो कविता पढेर 

विश्व श्रमिक दिवस 

मनाउन पाउनुहुन्छ।)



भजन

पशुपति परिसरमा

साँझ आरती गरेको बेला

भक्तजनले गाएको गीत

खै, के भजन भन्नु!



बौद्ध गुम्बामा

भिक्षुहरुले ध्यान गर्दा

बजेको शान्ति ध्वनि

ओम् मणि पद्मे हुँ

त्यो पनि भजन हो?


जामे मस्जिदमा

अल्लाहको नाम पुकार्दै

भक्तहरुले कुरान पढ्दा

त्यसमा पनि भजन छ र?


गाउँको चर्चमा 

प्रत्येक आइतबार

ईशुको प्रार्थाना चल्दा

त्यहाँ पनि भजन गाइन्छ र!


भजन त हामी सुन्छौं

विहान बेलुका

सरकारी सञ्चार माध्यममा

सिन्को नभाँच्ने नेताहरुले

यसो भन्नुभयो।

उसो भन्नुभयो।


असली भजन!

तपाई कुन पार्टीको?

हिंड्दाहिंड्दै बाटोमा पछाडीबाट च्याप्प समातेर सोध्छ कोही मलाई- तपाई कुन पार्टिको? कुन दलको? कुन गुटको? कुन खेमाको? कुन कित्ता...