Saturday, 1 October 2022

दी अल्ट्रा मोडर्न म्यान


अल्ट्रा मोडर्न म्यान
झ्याल खोलेर बाहिर हेर्न सक्दैन
बरु झ्याल बन्द गरेर
सोफामा ढल्किएर
सोध्छ गू-गर्लसँग
बाहिरको मौसम कस्तो छ?

अल्ट्रा मोडर्न म्यान
पकाउन जान्दैन आफैंले
एक छाक रोटी र अचार
मोबाइल खोलेर मगाउँछ
अनलाइन फुड डेलिभरिसँग
म:म, चाउमिन र पिज्जा।

अल्ट्रा मोडर्न म्यान
पाँच तले घरको भर्‍याङ
उक्लन अल्छी गर्छ
लिफ्ट चढेर छतमा जान्छ
अनि घन्टौं ट्रेडमिल चलाउँछ
झर्दा फेरि लिफ्टमै झर्छ।

अल्ट्रा मोडर्न म्यान
बजाउन जान्दैन आफैंले 
मादल र बाँसुरी
अर्कैले गाएको गीतमा
अर्कैको ताल र लयमा
आफ्नो अनुहार देखाउँछ
र भन्छ यो 'टिकटक'
मैले बनाएको हो।

अल्ट्रा मोडर्न म्यान
लाश बोक्न जाँदैन
छिमेकी मर्दा पनि
फेसबुकमा लेखेर बस्छ
रेष्ट इन पिस (RIP) ।



No comments:

Post a Comment

तपाई कुन पार्टीको?

हिंड्दाहिंड्दै बाटोमा पछाडीबाट च्याप्प समातेर सोध्छ कोही मलाई- तपाई कुन पार्टिको? कुन दलको? कुन गुटको? कुन खेमाको? कुन कित्ता...