स्वर्गको त्यो नन्दन लाग्छ विश्वविद्यालय
अलिकति बन्धन लाग्छ विश्वविद्यालय।।
इन्द्रेनी झैं जिन्दगीका हजार रंगहरु
रातो रातो चन्दन लाग्छ विश्वविद्यालय।।
कहिले झरी वर्षैभरि राजनीतिमा डुब्छ
कहिले आगो दनदन लाग्छ विश्वविद्यालय।।
छोडी जानुपर्छ यसलाई कुनै दिन भोलि
माया यसको झन् झन् लाग्छ विश्वविद्यालय।।
-त्रि.वि.वि., कीर्तिपुर, २०६४
No comments:
Post a Comment