जन्म
दिने बाउआमा त
पैसामा
बिक्छन यहाँ
अरु
नबिक्ने को छ?
अक्सर,
सडकमा
हाटबजारको
मूला जस्तै
बिक्छन
साथीभाइहरु।
बिक्री
हुँदैन प्रेम
भन्दै,
कौडीको मूल्यमा
बिक्छन
लैला र मजनुहरु।
अरु
त अरु
अबोध
बच्चाहरु पनि
चुम्बन
भन्दा चकलेट बढी
मीठो
मान्छन यहाँ।
वैश्य
युग हो यो
यहाँ
नजन्मदैं विर्य बिक्छ
मरेपछि
लाश बिक्छ।
समवेदना
बिक्छ।
टाँ
टिंट् टाँ
टिट्
टिट् टाँ
टाँ
टाँ टिट्।
आदरणीय
ग्राहक महानुभाव,
तपाईको
ब्यालेन्स सकिएको छ।
प्रस्तुत
कविताको
बाँकी
अंश सुन्नको लागि
अविलम्ब रिचार्ज गर्नुहोला।
धन्यबाद।
No comments:
Post a Comment